३० असार,घोराही –
दाङमा मोटरसाईकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका १ खिलतपुर निबासी ५ बर्षिय पारस लामीछाने रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।
हापुरेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प १०२४ नम्बरको मोटरसाईकलले असार २६ गते खिलतपुर चोकमा काफ्लेलाई ठक्कर दिएको थियो । मोटरसाईकल सहित चालक बबई गाउँपालिका ६ निबासी २० बर्षका दिपक थपालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।
उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) अहिलेसम्म पेश नगरेको प्रहरीले बताएको छ । लाइसेन्स पेश गर्न नसकेमा थापा सवारी ज्यान मुद्दामा जेल जाने प्रहरीले बताएको छ ।।