२९ असार,घोराही – दाङमा आज दिनभर टिप्परहरु होल्डिङ गरिएको छ । सिमेन्ट उद्योगका लागी आवश्यक पर्ने कच्चा पदार्थ ओसारपसार गर्ने डेढ सय बढि टिप्परलाई विहानै देखी होल्डिङ गरिएको हो । क्षमता भन्दा बढी भार बोकेको भन्दै प्रहरीले दाङको तुलसीपुरमा रोल्पा र सम्राट सिमेन्टका पचास बढि ट्रिपरलाई नियन्त्रणमा लिएर विहानै देखी दिनभर सडकमै होल्ड गरिएको हो ।
रोल्पाको बुढागाउँबाट चुनढुङगा लिएर सम्राट सिमेन्ट र रोल्पा सिमेन्टको अमिलिया डिपोमा जाँदै गरेका ट्रिपरलाई नियन्त्रणमा लिएर होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । यस्तै घोराहीमा पनि टिप्परहरु होल्डिङ गरिएको हो ।
ट्राफिक नियम विपरित ओभर लोड गर्ने, तिब्रगतिमा टिप्पर चलाउदा दुर्घटनाको जोखिम हुने भन्दै आबश्यक कारवाहीका लागी नियन्त्रणमा लिईएको थियो । ओभरलोड बोकेर सडकमा टिप्परहरु गुड्दा सडक जिर्ण बन्नुको साथै दुघटनाको जोखिम हुन थालेपछि नियन्त्रणमा लिईएको प्रहरी प्रमुख काफलेले जानकारी दिनुभयो । यसैविच आज घोराहीमा स्थानिय सरकार, प्रशासन र टिप्पर व्यवसायी बिच छलफल भएको छ ।
छलफलमा प्रशासन, घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, टिप्पर व्यवसायी र सुरक्षा निकाय बिच भएको बैठकले होल्डिङ गरीएका डेढ सय बढि टिप्परलाई कारवाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिनुभयो । आगामी दिनमा ट्राफिक नियमको पालना गर्ने सहमती भएको उहाले जानकारी दिनुभयो । उहाले अहिले होल्डिङ गरिएका जिल्लाभरका डेढ सय बढि टिप्परलाई एक हजार पाँच सयका दरले जरिवाना गरी छोडिने जानकारी दिनुभयो ।।