२९ असार,घोराही –
दाङमा आर्थिक बर्ष २०७७/०७८ मा विपद्बाट ४७ जनाको मृत्यु भएको छ । जिल्लामा ३ सय १२ वटा विपद्का घटनामा ४७ जनाको मृत्यु भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्व अर्यालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार जिल्लामा पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ जना पुरुष छन भने ५ जना महिला छन् । त्यस्तै करेन्ट लागेर ६ जना, आगलागीबाट २ जना, सर्पको टोकाईबाट ५ जना र खोलाले बगाएर ५ जना गरि ४७ जनाको मृत्यु भएको हो ।
जिल्लामा विपद्बाट मृत्यु हुनेमा पुरुषको सङ्ख्या धेरै रहेको छ । जसमा पुरुष ३५ जना छन भने महिला १४ जना रहेका छन । विभिन्न विपद्का घटनाबाट २६ जना घाइते भएका छन । जिल्लामा भारी वर्षाका कारण १ सय ४८ वटा घटना भएका छन । दाङमा अघिल्लो आर्थिक वर्षमा विपद्बाट ४८ जनाको मृत्यु भएको थियो ।।