२०७८ माघ १३ गते बिहिवार

घोराहीमा वन मुद्धामा फरार ३ जना पक्राउ



२९ असार,घोराही – दाङ प्रहरीले वन मुद्धामा जरिवाना तोकिएका तर फरार रहेका ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार २०७४ साल फागुन १४ गते दाङ देउखुरी जिल्ला अदालतले वन मुद्धामा एक लाख ३८ हजार ९ सय १७ रुपैयाँ जरिवाना तोकिएका ३ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १ रामपुर निवासी ५० बर्षिय जिवा चौधरी, सोही ठाउँका ५२ बर्षिय धन बहादुर चौधरी र ६६ बर्षिया गौरी बि.क रहेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक जरिवाना असुलीका लागि आज दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।।

 

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्