२०८० असोज १७ गते बुधवार

भोलीदेखि शिक्षक,चालक र ५५ वर्ष माथिकालाई पहिलो खोप लगाइँदै



 

२८ असार,घोराही –
भोलीदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । ५५ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्।

यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने मन्त्रालयले जनाएको छ।।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्