२०७८ माघ ९ गते आइतवार

सर्वोच्चको फैसलाप्रति मुख्यमन्त्री पोखरेलको चरम असन्तुष्टी



२८ असार,घोराही –
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शंकर पोखरेलले सर्वोच्चको फैसलाबारे असन्तुष्टि जनाउनुुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै नेता मुख्यमन्त्री पोखरेलले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले संसदीय प्रणाली र दलीय व्यवस्थामाथि नै गम्भीर आघात पुगेको बताउनुभयो ।

संविधानको धारा ७६(५) बमोजिम सरकार गठन गर्दा दलको ह्वीप नलाग्ने भन्ने सर्वोच्चको फैसलाले भोलिका दिन संसदीय व्यवस्था दुस्चक्रममा पर्ने जिकिर गर्नुभएको छ ।

‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’ उहाँले भन्नुभयो।।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्