२८ असार,घोराही –
दाङमा लागु औषध विक्रि गर्ने मेडिकल संचालक र ब्राउन सुगर कारोवार गर्ने दुई जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर ६ हात्तीखौवा चोकमा रहेको अनमोल आयुर्वेदिक मेडीकलका संचालक रुपेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।
पक्राउ परेका संचालक शर्माको मेडीकलमा लागु औषध मनोदिप औषधी वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले मेडीकल भित्र लुकाईछिपाई राखेको NITRAVET-10 लेखेको ११३ ट्याब्लेट र लागु औषध वितरण गरे वापत राखेको नगद १६ हजार रुपैया बरामद गरेको हो ।
त्यस्तै हिजो तुलसीपुर ५ बस्ने सोनाम योगीले तुलसीपुर ६ बरुवागाउँका सरोज कुमार भारतिसंग लागु औषध ब्राउन सुगर खरिद गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई तुलसीपुर ५ प्रगतिसिल टोलमा संकास्पद रुपमा हिडिरहेका अवस्थामा पक्राउ गरेका प्रहरी प्रबक्ता रिजालले जानकारी दिनुभयो ।
साथै उनीहरुको साथबाट १९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको छ । पक्राउ परेका तीन जना माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।