२०८० असोज १७ गते बुधवार

प्रतिनिधिसभा विघटनविरुद्ध रिटको फैसला आज आउने



२८ असार,काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध रिटको फैसला संभवत आज आउने भएको छ । गत साता बहस सकिएसँगै सर्वोच्च अदालतले रिटलाई हेर्दाहेर्दैमा राखेर (आज) का लागि पेसी तोकेकोले आजै फैसला आउन सम्भावना देखिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।

संविधानको व्याख्या गर्ने अधिकार पाएको अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिन सक्ने कि नसक्ने भन्ने विषय अहिले राजनीतिक वृत्तमा बहसको विषय बनिरहेको बेला फैसला आउन लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरियोस् भनेर १ सय ४६ जना सांसदसहितको हस्ताक्षर सर्वोच्चमा पुगेपछि सो विषयको बहस संवैधानिक इजलासमा भएको थियो ।

प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयको नाममा परमादेश माग भएको विषयमा व्याख्या गरी फैसला गर्न लागेको हो ।।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्