२०८० असोज १७ गते बुधवार

सल्यानमा कार्यालयमै बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ



२७ असार,घोराही –
सल्यानमा एक बालिकालाई बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकामा वडा नम्बर ५ का वडा सचिव अमर कालाथोकीले १८ वर्षिय बालिकालाई कार्यालयमै बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडे्लले जानकारी दिनुभयो ।

सचिवले यहि असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको भएपनि बालिकाले २४ गतेमात्र परिवारलाई जानकारी गराएको र परिवारले जाहेरी दिएपछि २४ गते नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लुहाममा राखिएको प्रवक्ता पौडेलले बताउनुभयो । आरोपित माथी थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्