२०८० असोज १७ गते बुधवार

दाङमा यात्रुवहाक बस र जिप ठोक्किँदा छ जना घाइते



२७ असार, दाङ –
दाङमा यात्रुवहाक बस र जिप एकआपसमा ठोक्किँदा छ जना घाइते भएको छन् । आज (आइतबार) दिउँसो १ बजे भालुवाङ्बाट घोराही तर्फ आउँदै गरेको रा १ ज ७०६ नम्बरको जिप र घोराहीबाट लमहीतर्फ जादै गरेको ना ५ ख २८०८ नम्बरको यात्रुवहाक बस मसोटको मोडमा ठोक्किएका हुन् ।

घाईते हुनेमा प्यूठान ओखरकोट ३ का ८३ वर्षीय मंगलसिंह सुनार, सोही ठाउँका ५८ वर्षीय शेरबहादुर सुनार, प्यूठान खैरावती २ का ३९ वर्षीय ठगबहादुर बुढामगर, खैरावती ३ की १६ वर्षीया सर्मिला बुढामगर घाईते हुनुभएको छ ।

यस्तै, जीप चालक र अर्का एकजना पनि घाईते भएका छन् । सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीले जानकारी दिनुभयो । दुवै सवारी ठोक्किएपछि सवारी आवागमन केही बेर अवरुद्ध भएको थियो । प्रहरीको टोली पुगेर दुर्घटनाग्रस्त सवारी सडकबाट छेउँ लगाएसँगै आवागमन सुचारु भएको छ ।।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्