२०७८ साउन १७ गते आइतवार

प्रेम प्रकाश वलीको ‘यस्तै हो जीवन चोला’ सार्वजनिक (भिडियो सहित)



२७ असार, घोराही – गायक तथा सर्जक प्रेम प्रकाश वलीको यस्तै हो जीवन चोला बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा स्वयं वलीले शब्द र संगीत भरेका छन ।

यस्तै हो जीवन चोला बोलको गीतमा प्रेम प्रकाश वली र विन्दु परियारको स्वर रहेको छ । सो गीतमा मोडेल भने चर्चित नायक पल शाह र अन्जली अधिकारी रहेका छन । प्रिज्मा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज बिवि अनुरागीले गरेका हुन भने मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका छन ।
नितिन चन्दको निर्देशन तथा शिसिर खातीको कोरियोग्राफीमा रहेको भिडियोको सम्पादन समिर विष्ट र शिसा पौडेलले गरेका थिए । क्यामेरामा भने शंकर भुजेल रहेका छन ।।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्