२७ असार,घोराही –
अनलाइन टिभि पत्रकार संघ दाङको अध्यक्षमा राजेश खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दाङ घोराहीमा आयोजित अनलाइन पत्रकारहरुको भेलाले खत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ तदर्थ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा प्रदीप भण्डारी, सचिवमा एच.आर मगर,सह–सचिवमा मेघमान बुढा, कोषाध्यक्षमा जय प्रकाश पौडेल रहेका छन भने सदस्यहरुमा सुरेश पंथी,अंकित खनाल, डमरु प्रसाद निरौला, घन्श्याम घिमिरे,मदन मुस्कान वि.क,श्री नारायन चौधरी,भिम वहादुर वली र वशन्त राना चयन भएका हुन ।
त्यस्तै सल्लाहाकार समितिमा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय बरीष्ठ उपसभापति तथा पत्रकार शुसिल वस्नेत,नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन र नेपाल पत्रकार महासंघ दाङ्गका पुर्व उपाध्यक्ष नरेन्द्र केसीलाई चयन गरीएको छ ।
गत असार २२ गतेको भेलालाई नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जि.एमले उदघाटन गर्नुभएको थियो । उक्त दिन अध्यक्षका दुइ आकांक्षीहरु विच सहमति नजुट्दा केन्द्रीय प्रतिनिधी अमृतमान वलीलाई सहमतिका लागी समय दिदै भेला स्थगित भएको थियो ।