२०७८ साउन १७ गते आइतवार

बृहत दाङ सिचाइँ आयोजनाद्वारा ३ हजार हेक्टर जमिनमा सिचाइ



२६ असार, घोराही –
२६ जिल्लाको ५६ हजार हेक्टर जमिनलाई सिचाइँ पुर्याउने उद्देश्यले ४ वर्षअघि दाङमा स्थापना भएको बृहत दाङ सिचाइँ आयोजनाले जिल्लामा तीन वर्षको अवधिमा ३ हजार हेक्टर जमिनमा सिचाइँ सुविधा थप गरेको छ ।

आयोजनाले निर्माण गरेका संरचनाबाट अहिलेसम्म जिल्लाको ३ हजार हेक्टर जनिमलाई बाह्रै मासे सिचाइँ सुविधा पुर्याइसकेको आयोजनाले जनाएको छ । यसका लागि जलाशय, नहर, कुलो, लिफ्ट सिचाइँ लगायतका योजनाहरु निर्माण गरिएको छ ।

१० वर्षको कार्ययोजना सहित स्थापना भएको आयोजनाका लागि ४० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आयोजना प्रमुख राजु आचार्यका अनुसार परियोजनाले ५ वटा पक्षमा रहेर काम अघि बढाएको छ । पाँच प्रकृतिका योजनाहरु निर्माण सम्पन्न गर्दै सिँञ्चित क्षेत्र बढाइरहेको आचार्यको भनाई छ ।

डाइभर्सन, पानी संकलनका लागि जलासय ड्यामहरु निर्माण, बबई करिडोर लिप्ट सिचाइँ योजना, पुराना सिचाई योजनाको आधुनिकिकरण र पहाडी क्षेत्रमा मुल संरक्षण तथा पानी संकलन विधिसँग जोडिएका योजनाहरु निर्माण गरिरहेको छ ।

बृहत दाङ सिचाइँ आयोजना अन्तरगत जिल्लाका विभिन्न स्थानमा १४ वटा जलासय निर्माण भइसकेका छन् । ३० वटा प्रक्रियामा छन् । १२ वटा लिप्ट सिचाई योजना, त्यस्तै पुराना योजनाको आधुनिकीकरण लगायतका योजनाहरु राखिएको छ ।।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्