२४ असार,घोराही –
दाङ प्रहरीले अपहरण तथा डाँका चोरी गरि जबरजस्ती करणी गर्ने थप एक जनालाई पक्राउ गरेको छ । गत असार ६ गते राती ८ बजेको समयमा रोल्पाको होलेरी स्थित चुनढुङ्गा खानीबाट चुनढुङ्गा बोकेर लमही नगरपालिका वडा नं ७ स्थित सम्राट सिमेन्ट उद्योगमा जाँदै गरेको रा.१ ख.२४१९ नं. को टिप्परमा सवार सहचालक,चालक र उनकी श्रीमती र सालीलाई हातहतियार देखाई नगद,मोबाईल,सुनका गरगहनाहरु लुटी जबरजस्ती करणी गरि फरार रहेका एक व्यक्तिलार्ई प्रहरीले पक्राउ गरेकोहो ।
पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर बस्ने अन्दाजी २१ वर्षिय अरविन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुुभयो । उनलाई असार १६ गते सोही ठाउँको सिसौ घारीबाट पक्राउ गरिएको हो । साथै उक्त घटनामा संग्लन सोही ठाउँका अन्दाजी १८ वर्षका किरण बुढा मगरलाई घटनामा प्रयोग भएको नक (पन्च) सहित यसभन्दा अगाडिनै पक्राउ गरिसकेको थियो ।
त्यसैगरि घटनामा संलग्न अर्को लमही नगरपालिका वडा नम्बर ७ कमानपुर बस्ने २१ वर्षिय प्रेम बहादुर दमाई अझै फरार रहेका छन् । उनको खोजीकार्य जारिरहेको प्रहरीले जनाएको छ ।।