२०७८ माघ १३ गते बिहिवार

पत्रेखोलाको कचवेमा कंक्रिट ढलान गरेपछि आवागमनमा सहज



२३ असार, घोराही –
पत्रेखोलाको कचवे मर्मत गरिएपछि आज देखी घोराही तुलसीपुर सडक खण्डमा सवारीका साधन सञ्चालनमा आएका छन् । निर्माणाधिन पुलको पश्चिम तर्फबाट बगेको पानीले कचवेमा खाल्डो परेका कारण ३ दिन गाडीहरु रोकेर मर्मत गरिएको हो ।

गत आईतबार बिहान ८ बजे देखी आज बिहान ७ बजे सम्म गाडी सञ्चालनमा रोक लगाई कचवेको मर्मत गरिएको हो । कचवेमै ठूलो खाल्डो परेको र भेल आउदा आवतजावतमा थप समस्या भएका कारण गाडी नै रोकेर मर्मत गरिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

कचवेमा कंक्रिट ढलान गरेपछि आज बिहान ७ बजेबाट सवारीका साधनलाई सञ्चालनमा ल्याईएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

सडक कार्यालयले उक्त मर्मत कार्य गरेको थियो । पुल निर्माणको जिम्मा लिएको शंकरमाली निर्माण सेवाले आगामी असोज सम्म काम सक्ने बताएको छ । यसैविच आज परेको भारी बर्षाका कारण पत्रेखोला र रानीघाट कालाखोलामा खोलामा आएको भेलले दिनभर आवतजावनमा समस्या निम्त्याएको थियो ।।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्