२०८० असोज १७ गते बुधवार

दाङका खोलाहरुमा पानीको बहाव फेरी बढ्यो, सतर्क रहन आग्रह



२३ असार, घोराही –
केही दिन केही कमजोर भएको मनसुन फेरि सक्रिय भएको छ । मनसुन पुनः सक्रियभएसँगै दाङका खोलाहरुमा पानीको बहाव बढेको छ । आज परेको पानीका कारण दाङका साना तथा ठुला खोलाहरुमा पानीको बहाव बढेको हो ।

वर्षाका कारण खोलामा बाढी आएपछि घोराही तुलसीपुर आवागमन समेत रोकिएको छ । घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने तुलसीपुर–७ कालाखोलामा पानीको सतह पुलमाथि आएपछि अहिले आवागमन रोकिएको हो ।

खोलामा आएको बाढीका कारण गन्तव्यमा हिडेका यात्रुहरु रोकिएका छन् भने सवारीको जाम लागेको छ । अहिले तत्कालकै खोला कम हुने संभावना नरहेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का सदस्य रामबहादुर जीसीले जानकारी दिनुभयो । ठुला सवारी साधन संचालन भएपनि साना सवारी साधन संचालन हुन समय लाग्ने उहाँले बताउनुभयो ।

यस्तै पत्रेखोला, हापुर खोलामा आएको बाढीले साना तथा मझौला सवारी साधन आवागमनमा असहजता देखिएको प्रहरीले जनाएको छ ।

केही दिन केही कमजोर भएको मनसुन फेरि सक्रियसँगै गएराति लुम्बिनी, गण्डकी, एक नम्बर र दुई नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । आज लुम्बिनी, वाग्मती, गण्डकी, प्रदेश–१ र प्रदेश–२ मा ठूलो पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

५० देखि एकसय मिलिमिटर वर्षालाई भारी वर्षा र एक सय मिलिमिटरदेखि माथिको वर्षालाई अति भारी भनेर मापन गर्ने गरिन्छ ।

अबको दुई/तीन दिन नै ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम रहेको छ । यसपालि औसतभन्दा धेरै पानी परेको सतेत र सजग रहन मौसमविद्ले आग्रअ गरेका छन् । मनसुनको सुरुवाती महिनामा नै औसतभन्दा धेरै वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्