२०७८ साउन १८ गते सोमवार

१३ दिनमै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



२४ असार,काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले मंगलवार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ । हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) पनि अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । यस्तै खाना पकाउने ग्यास प्रति सिलिन्डर रु २५ बढाएर १४२५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमले १३ दिनमै फेरि मूल्य बढाएको हो । निगमका अनुसार मंगलवार  राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्