२०८० असोज ६ गते शनिवार

सल्यानमा बालिकालाइ यौन दुर्व्यवहार गरेका आरेपितलाई एक वर्ष कैद



२२ असार, सल्यान –
सल्यानमा बालिकालाइ यौन दुर्व्यवहार गरेका आरेपितलाइ अदालतले ०७८ असार २० गते एक वर्ष कैद र २५ हजार क्षतिपुर्तिको फैशला सुनाएको छ ।

छत्रेश्वरी गाउँपालिका–७ निवासी ५३ वर्षीय इश्वर रानाले १६ वर्षीया बालिकालाइ ललाइ फकाइ गरि यौन दुर्व्यवहार गरेको ठहर भएपछि जिल्ला अदालतका न्यायाधिश कुल प्रसाद पाण्डेको इजलाशले आरोपितलाइ फैशला सुनाएको हो ।

०७७ पुष २४ गते बालिका बारीमा घाँस काट्न गएको समयमा आरोपितले यौन दुव्र्यवहार प्रयास गरेको पीडित पक्षले पुष २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका थिए ।

आरोपितलाइ प्रहरीले पुष २७ गते गिरप्mतार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परिक्षण पुष २६ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको थियो ।।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्