२०८० असोज १७ गते बुधवार

आजबाट दाङ सहित देशभर खोपको दोस्रो डोज लगाइँदै



२२ असार, घोराही –
कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन आज देखि लगाइँदैै छ । खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।

उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भएअनुसार दोस्रो खोप दिन लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जेठ २५ र २६ गते पहिलो खोप लगाएका जेष्ठ नागरिकलाई भेरोसेल खोप लगाइएको थियो । कार्यालयले जिल्लाको १० वटै स्थानीय तहमा ४८ वटा खोप केन्द्र तोकेको छ ।

जस अनुसार तुलसीपुरमा १८ वटा खोप केन्द्रबाट २७ सय ७०, घोराहीका ६ वटा खोप केन्द्रबाट ३ हजार, बबईका ५ वटा केन्द्रबाट २१०, लमहीका ३ खोप केन्द्रबाट ७१९, दंगीशरका ३ खोप केन्द्रबाट ३२०, शान्तिनगरका ३ खोप केन्द्रबाट ४३७ खोप लगाईने छ ।

यस्तै बबईका २ खोप केन्द्रबाट ३८०, राजपुरका २ केन्द्रबाट १४१, राप्तीका २ केन्द्रबाट ६६४ र गठवाका ४ खोप केन्द्रबाट २२० खोप लगाईने कार्यालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्