२०७८ माघ १३ गते बिहिवार

आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्ने पुरुष पक्राउ



२० असार, बाँके –
जबरजस्ती करणी गरेको अभियोगमा ४२ वर्षीय पुरुषलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खजुरा गाउँपालिका २ केगाँउ बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै छोरीलाई विगत ९ वर्षको उमेरदेखि नै पटकपटक जबरजस्ती करणी गर्दै आएको र गत बुधबार बिहान समेत जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी राधापुर बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्