२०८० असोज १७ गते बुधवार

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ



२० असार, सिन्धुली – सिन्धुलीमा ड्युटीमा खटिएका प्रहरीलाई चेकजाँचका क्रममा ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–३ बस्ने ५२ वर्षीय मेदनी रेग्मी छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ माझीटारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गको प्रहरी चेक प्वाईन्टमा सवारी साधनहरुको सवारी पास जाँच गर्ने क्रममा झापाबाट काठमाडौं जान पास नलिई आएको मे।१ च ६६८३ नम्बरको सुमोलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक रेग्मीले नगद दिन खोजेपछि उनलाई सुमोसहित पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्