२० असार,घोराही –
दाङको देउखुरीमा खाना बनाउने क्रममा सिलिन्डर ग्यास बिस्फोट हुँदा चार लाख बराबरको क्षति भएको छ ।
गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी ५१ वर्षिय मानबहादुर कुमालको घरमा हिजो बेलुका ६ः३० बजेको समयमा एक्कासि ग्यास बिस्फोट भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिनुभएको छ ।
बिस्फोट हुँदा मानवीय क्षति नभए पनि घरमा रहेको अन्नपात लत्ताकपडा कपडा सबै जलेर नष्ट भएको छ ।
अस्थायी प्रहरी पोष्ट कालाकाटेका प्रहरी नायब निरीक्षक कालू सिंह धामीको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।।