२०७८ साउन १८ गते सोमवार

घोराहीका युवाहरुलाई बोयर बोका र माउ बाख्रा वितरण



१९ असार , दाङ  – मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिकाले युवाहरुलाई बोयर बोका र माउ बाख्रा वितरण गरेको छ। मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम तथा रोजगार कार्यक्रमका सिफारिस समितिका संयोजक भूवन चौधरी र सदस्य हुमा डिसीले आज एक कार्यक्रमकाबीच ८ जना युवालाई उक्त बोका बाख्रा वितरण गर्नुभएको हो ।

जसमा दुई वटा बोयर बोका घोराही २ का किमत पछाई र ८ का सावित्रा पुनलाई वितरण गरिएको छ । त्यस्तै माउबाख्रा एक जनालाई ३ वटाका दरले ६ जनालाई वितरण गरिएको छ। जसमा घोराही ३ का डोम बहादुर वली, ५ का नेवबहादुर बस्नेत, १० का कृष्णबहादुर रावत, १५ का मैति नेपाली, १६ का मेरवा घर्ती र १९ का वले कमी रहेका छन् ।

दाङ जिल्लामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम हुँदै आएको छ। जसमा हिजो पनि घोराही उपमहनगर भित्र कोभिडबाट रोजगार गुमाएका युवालाई बंगुरको पाठा वितरण गरिएको थियो ।।

 

प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्