२०७८ माघ ९ गते आइतवार

सल्यानको दार्मामा जेष्ठ नागरिक र गर्भवतीको घरमै स्वास्थ्य परीक्षण



१९ असार, घोराही –
सल्यानको दार्मा गाउँपालिकाले जेष्ठ नागरिक र गर्भवतीको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण थालेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गर्न लगाईएको निषेधाज्ञाका समयमा अस्पताल आउन नसकेकाहरुलाई गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण थालेको हो ।

घरदैलो कार्यक्रममा २ सय ८० भन्दा बढी नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो । २ सय ४ जना जेष्ठ नागरिक र ७६ जना गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य शिविरले आर्थिकरुपमा कमजोर रहेका परिवारलाई निकै राहत मिलेको उहाँको भनाई छ । जेष्ठ नागरिकको लागि निःशुल्क औषधी, सुगर तथा रक्तचापको जाँच र गर्भवती महिलाको भिडियो एक्सरे गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्