२०८० असोज १७ गते बुधवार

तुलसीपुर उपमहानगरलाई बालश्रममुक्त नगर घोषणा गर्दें



१९ असार, दाङ –
दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्ने अभियान संचालन गर्ने तयारी थालिएको छ । उपमहानगरपालिका १९ वटा वडा मध्ये एउटा वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको र अन्य वडालाई समेत बालश्रममुक्त घोषणा गरी योजना अघि सारेको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका २२ वटा पालिकालाई बालश्रम मुक्त घोषणा गर्ने लक्ष्य अनुसार तुलसीपुर उपमहानगरपालिका पनि छनोटको सुचीमा परेको उहाले जानकारी दिनुभयो । जसमा लुम्बिनी प्रदेशका तिन वटा पालिका मात्रै छनोटमा परेका छन् । त्यसमा तुलसीपुर पहिलो नम्वरको सुचीमा परेको छ ।

सोहि अनुसार तुलसीपुर उपमहानगरलाई बालश्रम मुक्त घोषणा गर्ने अभियान संचालन गर्न लागीएको उहाले बताउनुभयो । तुलसीपुर क्षेत्रका विद्युतिय संचार माध्यमका प्रतिनिधिहरु संगको बैठकमा उहाले यस बारेमा बाल अधिकार संरक्षण समितिको बैठकले छलफल गरी सकेको जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले आफनो निति तथा कार्यक्रम अनुसार तुलसीपुर १,२,१७ र १८ वडालाई बालश्रममुक्त गर्ने लक्ष्य राखेकोमा अब संघिय सरकारको योजना अनुसार अभियान संचालन गर्ने उहाले बताउनु भयो ।

यसका लागी तुलसीपुर क्षेत्रका विद्युतयि संचारमाध्यमहरु संगको सहकार्यमा बालश्रम सम्बन्धी सन्देशमुलक सामग्री प्रचारप्रसार गर्ने, बालश्रम क्षेत्रको पहिचान गर्ने र जनचेतना फैलाउने जस्ता क्रियाकलाप संचालन गर्ने उहाले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्