२०७८ माघ ९ गते आइतवार

लुम्बिनी प्रदेशमा राज्यमन्त्रीद्वारा राजीनामा, अल्पमतमा मुख्यमन्त्री



१८ असार, घोराही –
लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले आज पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टीकोतर्फबाट वैशाख ६ गते नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उहाा भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त हुनुभएको थियो ।

राज्यमन्त्री शर्माले समाजवादी पार्टीले एमाले नेतृत्वको सरकारलाई सहयोग नगर्ने नीति लिएकाले आफू सरकारमा बसेर कामलाई निरन्तरता दिन नसक्ने उल्लेख गर्दै संविधानको धारा १६९ को उपदफा २ (क) अनुसार राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

शर्माको राजीनामासँगै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार पुनः अल्पमतमा परेको छ ।यसअघि वैशाख १९ गते शंकर पोखरेल एमालेको एकल बहुमत दाबी गर्दै संविधानको धारा १६८ को उपदफा १ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

लुम्बिनी प्रदेश सभामा अहिले ८३ प्रदेश सभा सदस्य छन् । सरकार सञ्चालनका लागि ४२ सदस्य आवश्यक पर्छ । शर्माको राजीनामा पछि एमाले नेतृत्वको सरकारमा नेकपा एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्य भएका छन् ।।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्