२०७८ माघ ९ गते आइतवार

दाङमा बहुबिबाह र बालबिबाहका ६८ वटा मुद्धा अदालतमा



१८ असार, घोराही –
दाङमा बहुबिबाह र बाल बिबाहका मुद्धा अदालतमा पुग्न थालेको छ । बहुबिबाह र बालबिबाहलाई गैरकानुनी कार्य मान्दै त्यसो गर्नेलाई कार्वाही हुने कानुन बनेपछि अहिले अदालतमा मुद्धा पर्न थालेको हो ।

दाङ जिल्ला अदालतका अनुसार चालु आर्थिक बर्षमा ५५ वटा बहुबिबाह र १२ वटा बालबिबाहका मुद्धा दर्ता भएको छ । ति मध्य २७ वटा बहुबिबाह र ७ वटा बालबिबाहका मुद्धा टुंगो लागेको अदालतका श्रेष्तेदार धनसिंह गिरीले जानकारी दिनुभयो ।

बहुबिबाह मुद्धा डेढ बर्ष कैद र बालबिबाह मुद्धामा एक बर्ष सम्म कैद भएको उहाँको भनाई छ । २० बर्ष नपुग्दै गरिने बिबाहलाई बाल बिबाह भनिएको छ भने यसलाई कानुनले समेत बन्देज गरेको छ ।

तर बालबिबाहका सिमित मुद्धाहरु मात्रै न्यायलयमा पुग्ने गरेको अधिकारकर्मीहरु बताउछन् । गाउँघरमा अहिले पनि बालबिबाह हुदै आएको तर अभिभाबकले समेत त्यसलाई रोक्न नसकेको उनिहरुको भनाई छ ।।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्