२०७८ माघ ९ गते आइतवार

आज दाङका ३ जनामा कोरोना पुष्टि, २० जना निको



१८ असार, घोराही –
दाङमा आज ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या एक सय ४० जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ति मध्य घरमा १ सय ७ जना, अक्सिजन सहितको उपचारमा २१ जना र आईसियूमा १२ जना रहेका छन् ।

यस्तै बैशाख यता दाङमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ हजार ७२ जना रहेका छन् भने ७ हजार ७ सय २८ जना निको भएको छन् । बैशाख यता दाङमा कोरोनाबाट मृत्युहुनेको संख्या २ सय ४ पुगेको छ ।।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्