१७ असार, घोराही –
दाङमा आज तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका अनुसार राजपुर गाउँपालिका २ का ६२ बर्षिय पुरुष र राप्ती गाउँपालिका ६ का ७० बर्षिय पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्युभएको हो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका १७ का ६५ बर्षिय पुरुषको बेलझुण्डि कोरोना बिषेश अस्पतालमा मृत्युभएको केन्द्रले जनाएको छ । बैशाख यता कोरोनाबाट मृत्युहुनेको संख्या २ सय ४ पुगेको छ ।।
प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार