२०८० असोज १७ गते बुधवार

प्युठानमा युवा हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ



१७ असार,घोराही –
प्युठानको प्युठान नगरपालिका–१० कोटका २४ वर्षीय नगेन्द्र पुनको हत्याका आरोपी ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । दिउँसो सँगै खाजा खाएका उनीहरुबीच आपसी विवादमा झगडा हुदा पुनको हत्या भएको छ भने अर्का २५ वर्षीय सुरेस बस्नेत घाईते भएका हुन ।

आक्रमणमा परी गम्भीर घाइते भएका २५ वर्षीय सुरेस बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले हत्या आरोपमा ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका–३ धनुबाँसका १८ वर्षीय रेमबहादुर घर्तीसहित प्युठान नगरपालिका–१० नेपानेका १७ र १५ वर्षका दुईजना छन् ।

असार १३ गते मृतक नरेन्द्र पुनसहित गम्भीर घाइते सुरेश बस्नेतले आफ्नो दिदीको गोठ बनाउने काम गएर घर फर्किने क्रममा नेपाने गाउँका युवाहरुसँग विवाद गरेको प्रहरीले बताएको छ । स्थानीय पसलमा मादक पदार्थ सेवन गरी घरतर्फ जाँदै गर्दा अभियुक्तहरुलाई अश्लिल शब्दले गाली गलौज गरेको भन्दै अभियुक्त ३ जना युवाहरूले बाटो कुरेर मृतक नरेन्द्र र सुरेसलाई दाउराले हानी आक्रमण गरेका थिए ।।

प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्