२०८० असोज ६ गते शनिवार

‘सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा चुनौति थपियो’



१७ असार,घोराही –
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस निता गौतम दिक्षितले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौति थपेको भन्दै संवेदनशील हुन संचारकर्मी र संचारक्षेत्रलाई आग्रह गर्नुभएको छ ।

दाङ जिल्ला अदालतले आज घोराहीमा आयोजना गरेको पत्रकार एवं नागरिक समाजसंग अन्तरक्रिया तथा अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथी दिक्षितले सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जादा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उहाँले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै आज पत्रकार र नागरिक समाजका प्रतिनिधीहरु सँग छलफल गरेको छ । अदालती बिषयको समाचार संकलन तथा लेखनमा पत्रकारहरुले ध्यान दिनुपर्ने कुरा र अदालती प्रकृयामा नागरिकहरुले पाउने सेवाका बिषयमा नागरिक समाजले जनतालाई गराउनु पर्ने सूचनाका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको हो ।

त्यस्तै कार्यक्रममा दाङ जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाले सन्तुलित र सत्य समाचारले समाज विकासमा सहयोग पुग्ने बताउनुभयो । न्याय स्थापित गर्ने विषय अदालत र सञ्चार क्षेत्रको दायित्व भएको उल्लेख गर्नुभयो ।

साथै उहाँले सहभागि जिल्लाका क्रियाशिल पत्रकारहरुलाई आधारभूत कानुनी शब्द तथा न्याय सम्पादन कार्यविधीका बिषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी र नागरिक समाज दाङका संयोजक केवि मसालले शान्तिपूर्ण समाज निर्माणमा सबैको भूमिका अहम हुनेमा चर्चा गर्नुभएको छ ।।

 

प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्