१६ असार, घोराही –
अदालतबाट दोषि ठहर भएका तर फरार रहेका दुई जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । कतव्र्य ज्यान मुद्धामा १० बर्ष र बहुबिबाह मुद्धामा एक बर्ष ४ महिना कैद सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरका ३८ बर्षिय राजेन्द्र चौधरीलाई २०७३ साल असार २८ गते कर्तव्य ज्यान मुद्धामा १० बर्ष कैद तोकेको थियो । तर उनि फरार रहेको र अहिले पक्राउ गरि अदालतमा बुझाईएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।
यसैगरी, घोराही उपमहानगरपालिका ३ कुइरेपानीका ३० बर्षिय विक्रम खड्कालाई बहुबिबाह मुद्धामा पुनराबेदन अदालतले २०७० साल जेठ ८ गते एक बर्ष ४ महिना कैद सजाय तोक्दा फरार रहेकाले उनि अहिले पक्राउ परेका हुन् ।
उनलाई घोराही उपमहानगरपालिका १७ चौघेरा स्थित ससुरालिबाट पक्राउ गरि अदालतमा बुझाईएको डिएसपी रिजालले जानकारी दिनुभयो ।।