२०७८ माघ ९ गते आइतवार

रुपन्देहीमा भोली देखि सार्वजनिक यातायात सञ्‍चालन हुने



१४ असार, बुटवल –
रुपन्देहीमा मंगलबारदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा जोर-विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्‍चालन गर्न दिने निर्णय भएको साहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।

‘अन्तर जिल्लामा चल्ने सवारी साधन चल्न पाउने छैन्,’ पाण्डेले भने, ‘जिल्ला भित्र सबै सार्वजनिक यातायात भने जोर-विजोर प्रणालीका आधारमा चल्न पाउने छन् ।’ असार ८ गतेदेखि नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्‍चालन गर्न दिए पनि सार्वजनिक यातायातलाई सञ्‍चालन गर्न रोक लगाइएको थियो ।।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्