२०७८ माघ १३ गते बिहिवार

आज दाङका १२ जानमा कोरोना पुष्टि, १४ जना निको



१४ असार,घोराही –
दाङमा आज (सोमबार) १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जना जनाको पिसिआर परिक्षण गर्दा १० पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले जिल्ला सकृय बिरामीको संख्या एक सय १ रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
ति मध्य घरमा ५३ जना, अक्सिजन सहितको उपचारमा ३४ जना र आईसियूमा १४ जना रहेका छन् ।

त्यस्तै गत २४ घण्टामा दाङका १४ जना कोरोनाका विरामी निको भएको छन् । यो संगै बैशाख यता दाङका कोरोनाबाट ७ हजार ८ सय ११ जना संक्रमित मुक्त भएका छन् भने संक्रमित हुनेको संख्या ७ हजार ८ सय २३ रहेका छन् ।।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्