२०७८ माघ ९ गते आइतवार

दाङमा लकडाउन उल्लंघन गरि चलाईएका अटोहरु ट्राफिकको नियन्त्रणमा



१४ असार,घोराही –
कोरोना महामारी बढेको भन्दै दाङमा जारी लकडाउनका बिच नियम मिचेर अटो रिक्सा चलाएको भन्दै ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अटो रिक्साहरु नियन्त्रणमा लिएको छ ।

नियम मिचेर जबरजस्ती अटो रिक्सा चलाएको भन्दै नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिनुभएको छ ।

सरकारले लकडाउनका बेला अत्यावस्यक बाहेकका सवारी चलाउन रोक लगाएको बेलामा यात्रु बोकेर चलाएको भन्दै नियम उल्लंघन भएको भन्दै नियन्त्रणमा लिनु परेको कार्यालय प्रमुख जिसीको भनाई छ ।

उहाँका अनुसार लकडाउनमा भीडभाड हुने गरी अटो चलाएको, मनलाग्दी यात्रु ओसारेको तथा सवारी चालक अनुमति बिना सवारी चलाएको भन्दै चलाउन रोक लगाइएको हो ।

यता अटो व्यवसायीहरुले भने दिउँसोको समयमा बजारहरु खुले पनि आफुहरुले अटो चलाउन नपाउँदा मारमा परेको बताएका छन् । अम्बेकेश्वरी अटो व्यवसायी समितिका अध्यक्ष धनेश्वर रेग्मीले घरखर्च चलाउने अटोे घरमै राख्नुपर्दा समस्या थपिएको जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्