२०७८ माघ १३ गते बिहिवार

आज दाङका १८ जनाले जिते कोरोना, संक्रिय विरामीको संख्या १७२ मात्रै



१२ असार,घोराही –
अहिलेसम्म दाङमा कोरोना संक्रमित हुनको संख्या साढे ११ हजार भन्दा धेरै पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार अहिले सम्म दाङका ११ हजार ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये ११ हजार २ सय ८३ जना निको भएका छन् । यस्तै अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ भने बैशाख यता मत्रै १ सय ९९ जनाको मृत्यु भैसकेको छ ।

दाङमा पिसिआर परिक्षण हुदै आएको राप्ति स्वास्थ्य विज्ञानमा आज शनिबार भएका कारण परिक्षण नहुदा नयाँ कोरोनाका विरामी थपिएका छैनन् । आज १८ जना कोरोनाका विरामी निको भएका छन् ।

अहिले दाङमा १ सय ७२ संक्रिय संक्रमित रहेका छन् । जसमध्ये २६ जना संस्थागत आईशोलेशनमा र १ सय १६ जना घरमै रहेको स्वास्थ्य कार्यालय दाङका पोकल पर्शन कमल चन्दले जनकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्