२०७८ माघ ९ गते आइतवार

पत्रेखोलामा बेपत्ता भएकी महिलाको पहिचान खुल्यो



१२ असार, घोराही  –
दाङको पत्रेखोलामा बेपत्ता भएकी महिलाको पहिचान खुलेको छ ।जितपुरबाट घर फर्कने क्रममा पत्रेखोलाले आज दिउँसो करिब साढे दुई बजेतिर बेपत्ता भएकी महिला घोराही ११ की करिब ५०/५२ वर्षिय मिना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

उनको पहिचान भएपनि खोजीकार्य जारिरहेको छ । अहिले प्रहरी निरिक्षक मोहनजंङ बुड्थापाको नेतृत्वमा गएको प्रहरी टोलीले वेपत्ता भण्डारीलाई खोजीरहेको डिएसपी मुकुन्द रिजाले बताउनुुभयो । खोलामा पानीको वहाव अत्याधीक बढेकाले खोजी कार्यमा समस्या भएको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्