२०८० असोज १७ गते बुधवार

नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार



११ असार,दाङ –
प्रहरीले भादा नदीमा हामफालेकी एक महिलाको उद्धार गरेको छ । बिहीबार अपराह्न बर्दियाको गुलरिया नगरपालिका–८ स्थित भादा नदीमा हामफालेकी महिलाको बर्दिया प्रहरीले सकुशल उद्धार गरेको हो ।

ती महिलाले नदीमा हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट टोली खटिएको थियो । टोलीले बग्दै गरेको अवस्थामा महिलालाई उद्धार गरी बर्दिया अस्पताल पुर्‍याएको थियो ।

सोधपुछपछि उनी भारतको बहराइच थाना, मोतीपुर ग्राम बलैगाउँ बस्ने ४० वर्षीया जलदैया थारु भएको खुल्यो । त्यसपछि मोतीपुर ग्राम पञ्चायतको गाउँप्रधानसित समन्वय गरी थारुलाई उनको श्रीमान् मिश्रिराम थारुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्