२०८० असोज ६ गते शनिवार

घोराहीले ल्यायो २ अर्ब २० करोड २८ लाख बजेट



१० असार,घोराही –
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नवौँ नगरसभामा आज नगर उपप्रुमख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक बर्षका लागि विकास तर्फ एक अर्व ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालु तर्फ एक अर्व १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

उक्त खर्च व्यहोर्ने स्रोत मध्य घर जग्गा रजिष्ट्रेशनबाट २५ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३४ करोड ५० लाख, संघीय राजस्व बाँडफाँडबाट २१ करोड २६ लाख ९८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ५ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, संघीय सशर्त अनुदानबाट ६४ करोड ४८ लाख, संघीय समपुरक अनुदानबाट एक करोड ४ लाख र संघीय बिशेष अनुदानबाट ३ करोड ५३ लाख रुपैयाँ व्यहोरीने उपप्रमुख सिग्देलले जानकारी दिनुभयो ।

यसैगरी, प्रदेश समानिकरण अनुदानबाट एक करोड ६७ लाख ४ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ४ करोड १८ लाख ४५ हजार, प्रदेश सशर्त अनुदानबाट ५ करोड १० लाख ४४ हजार, प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश बिषेश अनुदानबाट ८० लाख रुपैयाँ व्यहोरीने भएको छ ।

प्रस्तुत बजेटमा अपुग ५५ करोड ६५ लाख ८७ हजार गत आर्थिक बर्षको बैंक बाँकीबाट व्यहोरीने उपमहानगरको भनाई छ ।।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्