१० असार,घोराही –
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलामा २०० रुपैयाँ घटेको सुन आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य भने प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार