१० असार,दाङ – जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सुर्खेतबाट सल्यानमा स्थानान्तरण भएका छन् । बस्ती सार्ने क्रममा झन्डै १० वर्षपछि उनहिरु सल्यान पुगेका हन् । पहिले सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे विगत १० वर्षयता सल्यान फर्केका थिएनन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायले मंगलबार सल्यानको कालीमाटी गाउँपालिका ५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका छन् ।
राउटेहरुलाई कालिमाटी गाउँपालिकाले स्वागत गरेको छ । गाउँपालिका अध्यक्ष दानवहादुर केसी, उपाध्यक्ष शहनशिलता ओली, प्रमुख प्रशासकिय अधिकृत हरी बहादुर केसी लगाएतका कर्माचारीहरुले सोहि स्थानमा पुगेर सहयोग समेत गरेका छन् । उनिहरुको टहरा निर्माण कार्यमा आवश्यक सामग्री, खानेपानी पाइप केही भाँडाकुडाको गाउँपालिकाबाट व्यवस्थापन गरिएको छ ।
आफ्नो गाउँपालिकामा थप जाति थपिएको र उनिहरु त्यहाँ रहदा सम्म आफ्नै गाउँपालिकाको नागरिक भएकोले सरकारको अनुभुति हुने गरि सेवा र सुरक्षा प्रदान गर्ने उहाँले बताउनुभयो।
बुधबार नै सामाजिक सुरक्षा भत्ता वाफत प्रतिब्यक्ति ३ हजार र कर्णाली प्रदेश सरकारबाट दिएको थप २ हजार गरि जम्मा प्रति ब्यक्ति रू ५ हजार सामाजिक सुरक्षा भत्ता, प्रदेश सरकारको बाकि रकम सहित ६ हजारका दरले बितरण गरिएको छ ।
राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् ।जंगलमा बसोबास गर्ने राउटेहरु पछिल्लो समय भने गाउँबस्ती नजिक बस्न थालेका छन्। जसले गर्दा अन्य समुदायबाट दुर्व्यवहारको शिकार बन्दै गएका छन्। राउटे बस्ती बसेको ठाउँमा कुनै घटना भएमा अन्य ठाउँ बसाइसर्ने उनीहरुको चलन छ ।।