२०७८ साउन १६ गते शनिवार

प्युठानमा लकडाउनको स्वरुप परिवर्तन गर्दै फेरी थपियो



१० असार,प्युठान  – प्युठानमा लकडाउनको स्वरुप परिवर्तन गरी समय थप गरिएको छ । यसअघि असार १० गतेसम्मका लागि तोकिएको लकडाउनको समय असार २० गतेसम्मका लागि थप गरिएको हो ।

लकडाउनको नयाँ स्वरुप अनुसार निजी सवारी साधन जोर विजोरका आधारमा जिल्लाभित्र मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै म्याजिक भ्यान (बढीमा पाँचजना यात्रु), अटो रिक्सा (बढीमा ३ जना यात्रु) राखी सञ्चालन गर्ने निर्णय भएको हो । जनस्वास्थ्यका मापदण्ड अपनाएर बजार क्षेत्रका पसल व्यवसायहरु विहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने, होटल तथा रेष्टुरेन्टले टेकवेय सेवा मात्र सञ्चालन गर्ने जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको हो ।

बुधबार बसेको बैठकले सबै प्रकारका सम्पूर्ण सरकारी, अर्धसरकारी, गैरसरकारी संघसंस्थाका कार्यालयहरुले भीडभाड नहुने व्यवस्था मिलाई जनस्वास्थ्यको मापदण्डहरुको अनिवार्य प्रयोग गरी सार्वजनिक सेवा प्रवाह गर्ने निर्णय भएको छ । विवाहमा बढीमा दुईवटा साना गाडी प्रयोग गर्न सकिने निर्णय गरेको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्