९ असार, दाङ– दाङमा खहरे खोलाले बगाउँदा एकजना पुरूषको मृत्यु भएको छ । मृत्युहुनेमा लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर निवासी ३५ वर्षिय मणिराम चौधरी रहेको वडाध्यक्ष बाबुराम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लगातार वर्षातपछि आएको फल्कापुर देखि माथिको खहरे खोलाले बगाउँदा चौधरीको मृत्यु भएको हो। शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।।
प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार