२०७८ साउन १६ गते शनिवार

सल्यानमा निषेधाज्ञा थप, सवारीसाधन जोर र विजोर प्रणालीमा चल्ने



९ असार,घोराही –
सल्यानमा जारी निषेधाज्ञा फेरी थपिएको छ । जिल्ला कोभिड संंकट व्यवस्थापन समिति सल्यानको आज खलंगामा सम्पन्न बैठकले असार २० गतेसम्म निषेधाज्ञा जारी रहने निर्णय गरेको (अध्यक्ष) एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय भोली असार १० गते राति १२ बजे सकिन लागेकोमा प्रशासनले अझै १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । आज बसेको बैठकले हरेक दिन बिहान ६ बजेदेखि दिउसोँ २ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यस्तै जिल्लामा जोर बिजोर प्रणालीबाट निजि सवारीसाधन जोर र विजोर रुपमा सञ्चालन गर्न पाउने प्रशासनले निर्णय गरेको छ ।।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्