२०७८ साउन १६ गते शनिवार

चरित्र हत्या गरेको आरोपमा घोराहीका एक युवक पक्राउ



९ असार,घोराही –
सामाजिक संजालमा अश्लिल शब्दहरु लेखी चरित्र हत्या गरेको आरोपमा घोराहीका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उप–महानगरपालीका वडा नं. १५ बुद्दी ग्यारेज बस्ने बर्ष १९ को डेविट पुन रहेका छन् ।

महिलाहरुको चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पिडित सँग हातपात तथा अभद्र व्यबहार गरेको भनी परेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुुभयो ।

पुनले विभिन्न समयमा फेक आई.डीहरु खोली महिलाहरुको फोटो राखी फेसवुक,टिकटक मार्फत अश्लिल शब्दहरु लेखी पोष्ट गद आएका थिए । उनलाई असार ६ गते आईतबार पक्राउ गरी अभद्र व्यवहार कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानएको छ ।।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्