९ असार,घोराही –
लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसोका लागि आह्वान गरिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।
बुधबार बस्ने भनिएको बैठक विशेष कारणले स्थगित भएको भन्दै सभामुखको निर्देशनअनुसार असार २७ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको सचिव दुर्लभकुमार पुनले जानकारी गराएका छन् ।
प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार