२०८० असोज १७ गते बुधवार

सल्यानको कालिमाटी गाउँपालिकाले ल्यायो ५२ करोडको बजेट



९ असार,घोराही –
कोरोना नियन्त्रण सँगै शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई विशेष प्राथमिकता दिदै सल्यानको कालिमाटी गाउँपालिकाले ५२ करोड ३५ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।

भौतीक पूर्वाधार तर्फ अधुरा रहेका योजनाहरुलाई पुरा गर्ने र नयाँ योजनाहरुलाई समेत समाबेश गर्दै गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि बजेट ल्याएको हो ।

दशौँ गाउँसभाले पारित गरेको बजेटमा एक वडा एक कृषि उत्पादन, एक वडा एक पशुपालन ब्यवशायका लागि ४०÷४० लाख रुपैयाँ र नमुना तरकारी ब्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याएको छ ।

गाउँपालिका उपाध्यक्ष सनशिलता वली डिसीले बजेट प्रस्तुत गर्दै बेरोजगारी समस्यालाई समाधान गर्ने, विदेश जाने दरलाई न्युनिकरण गर्ने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई गाउँमै पर्याप्त रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता दिएर बजेट ल्याएको उल्लेख गर्नुभएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि १५ लाख, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानको लागि जग्गा नापजाँच कार्यक्रमको लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सडक विस्तार तर्फ एक करोड ५० लाख, सडक मर्मत सम्भार तर्फ ६० लाख, खरको छाना विस्थापनका लागि एक करोड रुपैयाँ कालिमाटी गाउँपालिकाले विनियोजन गरेको छ । पुँजीगत तर्फ २६ करोड ५० लाख र चालु तर्फ २५ करोड ८५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।।

 

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्