९ असार,घोराही –
तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १९ करोड बढी राजश्व सकंलन गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को साउन १ गते देखि जेठ मसान्तसम्ममा १९ करोड ४५ लाख ७८ हजार ४ सय ५३ रुपैया ४१ पैसा राजश्व सकंलन भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।
कार्यालयका वरिष्ठ वित्तीय अधिकृत, राजश्व शाखा प्रमुख भिम खत्रीका अनुसार एकिकृतसम्पत्ती करबाट १ करोड ५७ लाख २३ हजार, मालपोत तथा भुमिकरबाट १ करोड ४४ लाख ४९ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर करबाट ७ करोड ५१ लाख ४३ हजार, घरवहाल करबाट १ करोड २९ लाख १६ हजार, बहाल विटौरी करबाट २ लाख ८७ हजार, पुर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट १४ लाख ४९ हजार रुपैया राजश्व सकंलन भएको राजश्व शाखा प्रमुख खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै व्यवसाय रजिष्टे«शन दस्तुरबाट ७९ लाख ७७ हजार,अन्य करबाट १० लाख ४६ हजार, नदिजन्य ढुङ्गा वालुवा करबाट १ करोड ४१ लाख ५१ हजार,अन्य सेवा शुल्कबाट १२ लाख ६५ हजार, नक्सापासबाट १ करोड २९ लाख ९२ हजार राजश्व सकंलन भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा ३० करोड राजश्व सकंलन गर्ने लक्ष्य राखेको भएपनि ढुगाँ, गिट्टी बालुवाको टेण्डर नपरेकाले सोचे अनुरुप राजश्व संकलन हुन नसकेको खत्रीले बताउनुभएको छ ।
त्यस्तै गत वर्ष २०७६/०७७ मा २५ करोड राजश्व सकंलन गर्ने लक्ष्य राखिएको भएपनि १८ करोड २७ लाख ९४ हजार ८ सय २८ रुपैया ७९ पैसा राजश्व सकंलन भएको थियो ।।