२०८० असोज ६ गते शनिवार

घोराही–तुलसीपुर सडक खण्डमा ट्याक्टर दुर्घटना



८ असार,घोराही –
दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ चौखोला नजिकै ट्याक्टर दुर्घटनामा परेको छ ।
आज अपराह्न्न ४ बजेको समयमा घोराहीबाट तुलसीपुर लिदै गरेको अनटेस्ट नम्बरको ट्याक्टर हाड्रोलिकमा समस्या आउदा आफै अनियन्त्रीत भई  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
ट्याक्टर मुख्य सडकदेखि करिव १०० मिटर तल खसेको भए पनि मानविय क्षति नभएको डिएसपी रिजालले बताए डिएसपी रिजालले बताउनुभयो । दुर्घटना पश्चात केहि समय सडक अवरुद्ध भएपनि अहिले संचालनमा आइसकेको छ ।।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्