८ असार, घोराही–
दाङमा आज (मंगलबार) थप एक जना कोरोना संक्रमितको मृत्युभएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र घोराहीले आज दिउसो ३ वजे दिएको जानकारी अनुसार राप्ती गाउँपालिका ७ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।
उहाँको लमही स्थित रातोडाडाँमा संचालित कोरोना विशेष आईशोलेसनमा उपचारको क्रममा मृत्युभएको केन्द्रले जनाएको छ । आज मृत्युभएका एक सहित जिल्लामा बैशाख यता कोरोनाबाट मृत्युहुनेको संख्या १ सय ९९ पुगेको केन्द्रले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार